Tuesday, September 9, 2014

आधुनिक प्रेम

"हेन्सी भएर बस्या रैछौ त ?"
"एक घण्टा लगाएर रेड़ी भएर आको, बल्ल लप पर्या छ छुट्छ की भन्ने डर लाग्छ के ।"
"अहो तिम्रो यै बानी मन पर्दैन के, सधै छूटने कुरा।  आकासबाट चन्द्रमा छूटन सक्छ बरु, तर तिमीबाट म छूटन सक्दिन ।"
"सेन्टी भैहाल्नु पर्छ त जिस्केको पो ।"

थाहा छैन दिनदिनै कुरा गर्दा पनी खै कहा बाट आउँछन् मायाका कुरा ? हाम्रो मायाको कुरा र बगिरहने नदी उस्तै लाग्छ मलाई नदीको पानी बगेर कहिले नसकिने र हाम्रो मायाका कुरा गरेर कहिले नसकिने । कुरा गरेर कैले नथाक्ने हामी गफिन थाली हाल्यौ । बरु सधै म धेरै बोल्थे उ धेरै सुन्थि । गाली,आदेश, गुनासा, सुझाब धेरै चै मेरै हुन्थे उ चै सुन्ने र जवाफ दिने धेर गर्ने । धेरैजस्तो त म बोलिरहेको हुन्थे उ निदाई सकेकी हुन्थि, आज पनि उ अघि निदाई सकिछ ।

उसका आखा बन्द थिए,लाग्थ्यो की उ चिर निन्द्रामा थि । उ मिठो सपना देख्दै छ की बिना सपना निदाएकी छ त्यों मैले अडकल काटन सकिन तर मेरा आखाले र मेरो मनले मिलेर त्यतिनै बेला एउटा मिठो सपना देखे जहा ऊ मेरो साथ थिइ र म उसको छेवैमा बसेको थिए। सपना वास्ताबिकता  बाट नै सुरु भयो भनौ या अहिले सम्मको सपना पूरा भै सकेको हो भनौ,म दोधार भए किनकी अहिले पनि उ छेउमै देखिरहेको थिए  । एक सुन्दर र बन्द कोठा भीत्र उ मेरो साथ थिइ  । मैले उसको हात समाए र उसलाई  अझ  छेउमै ताने अनि चूमी दिए उसको निधार, उ अलिकती लजाई र मलाई बनावटी गाली गरी ।

"कति पात्तेको नचलि बस न ।"

उसको आवाज यस्तो मधुर र मिठो थियो की मैले उसको त्यै आवाज सुन्नकै लागी पनी फेरी नपात्ती बस्न सकिन र उसको पीपलपाते ओठ्माँ आफ्ना ओठहरुले फेरी चुमी दिए । उ रिसाए जस्तो बनी आखा तरे जस्तै गरेर एकोहोरो हेरी रही । म पनी डराएर केही गल्ती गरेको सिपाहिले हाकिम संग गर्ने ब्याबहार झै  गरेर शान्त बसे । अचानक उसले मलाई समाएर  आफ़ुतिर तानी र मलाई मेरो गल्तिको सजाय दीइ उसले पनि मैले जस्तै गल्ती  गरेर बदला लीई मेरो मायाको । ....

पुरुष मन न हो कति स्वार्थी उसलाई हेर्दा हेर्दै मैले त सपना देखेछु ब्युझदै एक स्वार्थी सपना । मैले आफुलाई गाली गरे की 'तैले त्यस्तो सोच्न सक्दैनस  उ तेरी राजकुमारी हो जसलाई त प्राण सम्झन्छस । यति स्वार्थी बन्न हुदैन तेरो माया ।' मेरो मन आफै संग लजायो ,आफैलाइ धिकार्यो । ढकमक्क फूलेर पनि लत्रेको फूल जस्तै भयो मन र त्यागी दियो त्यों स्वार्थी सपना ।

उ अझै मेरो अगाडी नै थीइ । उसका ओठहरु मलाई केही सुनाउला झै गरि मेरो अघि थिए म लोभिदै थिए उसको आवाज सुन्न  । उ निदाएकी थीइ उसले स्वास फेरेको आवाज मेरो कान सम्म आउथ्यो म त्यै आवाज पनी प्यारो मानेर सुन्थे । उसलाई म एक टक हेरी रहेको मात्र थिए चाहेर पनी म  उसलाई छुन सक्दैन थे न सक्थे उसको नजिक जान । केबल उसलाई हेरेर अनेकौ कल्पना मात्र गरी रहेको थिए । फेरी अर्को कल्पना गर्न पुगे जहा उ मेरो हात समाएर कतै घुमिरहेकी थीइ म उसलाई साथ पाएर फुरुंग हुदै रमाउदै हिडदै थिए ।दुनियाको नजर हामी माथिनै थियो तर मेरो नजर केबल ऊनि मा ।  मलाई संसार जितेको आभास हुदै थियो ,मलाई पाउन बाकी केही छ जस्तो लागिरहेको नै थिएन । हामी एक पार्कमा पुग्यौ र बस्यौ । जहा उ मेरो  काखमा पल्टिइ र मलाई बोलाई :
"काले ?"
"हम्म ? "
"मलाई कति माया गर्छौ ? "
"आकास कत्रो छ भन्ने प्रश्नको जवाफ कसरी दिउ म ?"
"कुरा गर्न कत्ती जानेको है ?"
"माया गर्न पनि जानेको छु "

मेरो कुरा सुनेर उ मेरो काखमाँ  भर्खरको बच्चा जस्तै मायालु बनेर टासीई  ।

"मलाई कैले छोड़दैनौ नी है ? मलाई कैले आफ्नो बनाउछौ ?"

"जुनले पृथ्वीको अनि पृथ्वीले सूर्यको परिक्रमा गर्न छोड्न सक्छ तर म तिमीलाई  छोड़न सक्दिन काली । फेरी अहिले पनि त तिमी मेरो आफ्नै त हो । म मुटु लिएर बाचेको छु र धड्कन तिमी संग छ।"

"कत्ति माया गर्छौ है ?"

हो भन्ने प्रतिक्रया सहित उसका ओठ नजिक आफ्नो ओठ लैजान खोज्दै थिए उस्ले मेरो कान तानी ।
"चान्स मार्न कत्ति जान्या ?"

म त झसङ्ग  झस्केछु भरे आफुलाइ उहि पहिलेकै अवस्थामा उसलाई टोलाएर हेरीरहेको पाए, अहो कस्तो मिठो कल्पना ।

ओहो कति रमाउछ यो मन कल्पनामा ,फेरी म कल्पना भन्दा बाहिर आए । उ अझै मेरै सामू थीइ । म उसैलाई एकनास हेरेको हेरै थिए । मैले उसैलाई हेरेर संसारका सबै खुसी पाई सकेको थिए । म कल्पनामा धेरै आनन्दित भए म रमाए उसलाई मेरो सामू पाएर । जब म कल्पना मा आफैलाई भुलेर उसै संग रमाउदै थीए उसको अनुहार अर्को पट्टी फर्केछ अब उसका सुन्दर ओठ मेरो आखा सामू थिएनन ,उसका बन्द आखा  मेरो सामू थिएनन । अब उसको गाला मात्र देखिन्थे मरो अगि जहा उसको कालो कपाल छरपस्ट  थियो  ।

उसलाई हेरेर कल्पिने क्रम रोकिएन....अबको पाली ऊनि उनको बाबा संग कुरा गर्दै थीइन । बाबा ले उनलाई भन्नु भयो :-

"छोरी अब तिमि ठुली भयौ । यतिका पढी पनि सक्यौ हुन त तिमि मेरो मुटुको टुक्रा हौ तिम्लाई टाढा राखेर एक पल पनी बाच्न सक्छु जस्तो लाग्दैन तर के गर्छौ रित नै यस्तै छ छोरी भएपछि बिहे गरेर जानू पर्ने  । एक जना राम्रो घर को केटा छ अब बिहे गर्नु पर्छ ।"

उनले बाबा लाइ सम्झाउन खोजे पनि मान्नु भएनछ तब रुदै उनले मलाई फोन गरिन ।

"काले म तिमि बिना बाच्न सक्दिन प्लीज जसरी नि तिमि मलाई लीन आउ । "
"आत्तिनु पर्दैन म आजै घरमा कुरा गर्छु । "

त्यही दिन बेलुका मैले मेरो बुवा संग कुरा गरेर बिहेको लागी उनको हात माग्न उनको घर जाने पक्का भयो । हामी म,मेरो बुवा, अंकल र एक जना उनको बाबा संग राम्रो सम्बन्ध भएको र मेरो बुवा ले पनी दाई भनेर बोलाउने श्याम अंकल चार जना उनको घर पुग्यौ  ।श्याम अंकल ले उनको बाबा संग पहिला नै कुरा गर्नु भाको रैछ हाम्रो बारे मेरो बाबाको अनुरोधमा । अब हामीलाई कुरा सुरु गर्न सजिलो भयो र कुरा सुरु भयो ,बाबा र अंकल हरुले केटी हेर्ने इच्छा राखेपछि उनिलाई  बोलाइयो ऊनि आइन र सबैलाई नमस्ते गरिन त्यै बेला मेरो अंकलले मलाई खुसुक्क चिमोटनु भयो र भन्नु भयो

"केटा केटी त राजकुमारी हुन लायक रैछे ।"
"म पनि त राजकुमार भन्दा कमको छु र ?"

अंकल भएपनि उमेरमा अली जवान भएर र धेरै सँगै हिड़ने डुल्ने गरेर अंकल मलाई साथी जस्तै ब्याबहार गर्नुहुन्छ ।मलाई पनि उहा संग खुलेर कुरा गर्न अफ्ट्यारो लाग्दैन। 

हुन पनी ऊनि त्यति बेला बर्णन गरी नसक्नु राम्री देखिएकि थिइन । केहिबेर बसेर ऊनि फेरी आफ्नो कोठा तीर लागिन र जादा जादै ढोका नजिक पुगेर सबैको आखा छल्दै जिब्रो निकालेर मलाई जिस्काइन। मलाई कति बेला ऊनिसँग बोल्नु कैले भेटेर उनले जिस्काउदा सधै झै उनलाइ सजाय दिउ जस्तो हुदै थीयो । म त समुन्द्रकै बीचमा पानी नभएको भाडोमा  राखेको माछा जस्तो भको थिए कैले फूत्किनु जस्तो भयो । त्यै बेला अंकल ले भन्नु भयो :-

"केटा तिमारुलाई केही सल्लाह गर्नु छैन?"

 हैन अंकलले अनुहार हेरेर के सोच्दै छ थाहापाउनु हुन्छ की के हो ?  कसरी भनु म उनै संग बोल्नको लागी मेरो स्वास सावीक भन्दा दोब्बर गतिमा चल्दै छ ,म अकमकाए । तब उनको बाबाले कुरा गर्न अनुमति दिनासाथ म उनको कोठामा पुगे । ऊनि एक्लै मुस्काउदै थीइन मैले उनलाई  सुटुक्क पछि बाट समाते ऊनि अचनाक चिच्याउन खोजिन  मैले उनको मुख बन्द गरे र उनलाई चुमिदिए । उनले मलाई अंगालोमा बेरीन र खुसी हुदै चुम्बन गरिन यसरी हाम्रो बिहेको कुरा छिनियो । 10 दिन पछि हाम्रो बिहेको दिन आयो म निस्किए घर बाट जन्तिका साथ तिमीलाई सदैको लागी आफ्नो बनाउन । मनमा कौतुहलता थियो म त्यत्तिकै आत्तेको थिए ।
सामान्य नेपाली परम्परा अनुसार हाम्रो बिहे सम्पन्न भयो ।बेलुका घर आई पुगियो । एक छीन बेहुला बेहुली हेर्ने को भीड़ लाइ सामना गरेर उनलाई थाकेको भन्दै कोठामा राखियो । मैले भने साथीभाइ र पाहुनाहरुले खाए नखाएको र सुत्ने ब्यबस्था भए नभएको सबै हेर्न पर्ने भयो । सायद यही पहिलो पल्ट होला मलाई घरमा पाहुना र साथी भाई आएर यसरी कम रमाइलो लागेको । कैले उसको सकिन्छ खानपिन कैले सकिन्छ गफगाफ मलाई एकदम हतारो भको थियो । सबैले खाई सकेपछि म एक छीन साथी भाई संग कुरा गरेर जब कोठामा उनको समीप पुगे ऊनि मेरै पर्खाइमा थीइन । मैले प्रश्न गरे :-

"बोर भयौ ?"

उनको जवाफ आयो "हैन यसै मोबाइल चलार बसेकि ।"
त्यतिञ्जेल उनले फेसबुक को रिलेसनसिप स्टेटस मा गोट म्यारिड विथ .. भनेर मेरो नाम लेखी सकेकी रैछिन त्यस्तै टूइटर को हेडर मा हाम्रो जोड़ी को बिहे वाला फोटो र डीपी मा आफ्नो बेहुली वाला फोटो राख्न भ्याई सकेकी रैछिन । फेसबुक मा नाइस जोड़ी र बधाई भन्ने कमेन्ट ले नोटिफिकेसन आइकन पडकेला जस्तो थियो त्यस्तै टुइटर मा लेखेको 'आज मैले आफ्नो जिबनको सबैभन्दा ठुलो सपना पूरा भए झै महसुस  गरेकी छू' भन्ने ट्विट ले दस हजार भन्दा धेरै रीटूइट पाउनु का साथै मेन्सन को लहरों हेरी नसक्नु थियो । साथै पुरै टाइमलाईन को बिसयबस्तु बनेका थियौ हामी ।  मलाई भने उनको मात्र वास्ता थियो ऊनि बेहुली पहिरन मा असाध्यै राम्री भाकी थीइन । मैले किन घुम्टो ओढ़ेकी ?" भनेर घुम्टो उठाऊदै थिए । त्यतिनै बेला उनि आवाज निकालेर कोल्टे फेरिन र म झस्किएर आए कल्पनाको संसार भन्दा बाहिर जहा म उनलाई केबल देख्न सक्थे छुन हैन ।

म अझै उसलाई हेरीनै रहेको थिए रमाई नै रहेको थिए अचनाक उसको अनुहार दृश्य बाट बाहिरियो । अब उसले स्वास लिएको आवाज कतै कतै सुनिन्थ्यो । म खोज्न थाले उसलाई आस गर्न थाल्यो मेरो मन की उ फेरी मेरो नजरमा आउछे भनेर । निकै बेर भै सकेको थियो उ आइन मेरो सामू मैले देखिन उसलाई ।म उसको आगमनको प्रतीक्षामा थिए त्यतिनै बेला मेरो मोबाइलको ब्याट्री सकियो र स्काइप बन्द भयो ।